आतंककारी हमालापछि त्रासमा बेल्जियम, के छ नेपालीको अवस्था ?

काठमाडौँ –बेल्जियमको ब्रसेल्स शहरमा भएको शृंखलावद्ध आतंकवादी हमालामा परेर हालसम्म ३१ जनाले ज्यान गुमाएका छन् ।
युरोपेली यूनियनको हेडक्वाटर नजिकै रहेको शहरको एयरपोर्ट र मेट्रो स्टेशनमा आतंककारी हमाला हुदाँ ३१  जनाको ज्यान गयो भने दर्जनौ घाइते भए । 
प्रत्यक्षदर्शीहरुले हमालापछि विमानस्थलको टिर्मनलमा रगतमात्र देखिएको बताएका छन् । अमेरिकन एयरलाईन्स चेक इन प्वाइन्टमा स्थानिय समयअनुसार बिहान ८ बजे दुईवटा बिस्फोट भएका थिए । यि बिस्फोट आत्मघाती रहेको आशंका गरिएको छ । विमानस्थलमा कम्तिमा पनि १३ ले ज्यान गुमाए भने २५ घाइते भए । ७९ मिनेटपछि युरोपेली यूनियनको हेडक्वाटरबाट ४ सय मिटर पर रहेका मेट्रो स्टेशनमा बिस्फोट हुदाँ कम्तिमा पनि १८ ले ज्यान गुमाए ।

विमानस्थलमा बिस्फोट हुनभन्दा पहिले अबेरिक आवाजमा कोही चिच्याएको आवाज सुनिएको थियो । त्यसपछि बिस्फोट भयो र यात्रूहरुबीच भागदौड मच्चियो । उच्च सतर्कता र सुरक्षा रहेको बेल्जियममा यस घटनाले हंगामा मच्चिएको छ । फ्लाईटहरु स्थगित गरिएको छ भने फ्रान्ससँगको बेल्जियमको सिमा नाका बन्द गरिएको छ ।
विमानस्थलमा थप सुरक्षाकर्मी पठाइएको छ र ब्रसेल्स आसपासका शहरमा पनि सुरक्षा बढाइएको छ । यसअघि पेरिस हमालाका आरोपी सलाह अब्देलसलम ब्रसेल्सबाट पक्राउ परेपछि आतंककारीले त्यसको बदला निसक्ने भन्दै बेल्जियमका गृहमन्त्रीले सजग रहन सुझाव दिएका थिए । त्यसको एकदिनभित्रै बेल्जियममा ठूलो हमाला भएको हो ।
टर्मिनलमा उद्धारका लागि गएका फायर फायटरहरुले अर्को एउटा त्यस्तै शंकास्पद वस्तु फेला पाएको बताएपछि त्रास थप बढेको छ । एयरपोर्ट नजिकैको एक रेस्टुरेण्टमा काम गर्ने समिर डिरोउचले रेस्टुरेण्टमा दुई बिस्फोट लगत्तै भएको बताएका छन् । फ्रान्स हमालाका आरोपी २६ वर्षिय सलाह अब्देसलमलाई पक्राउ गरेसँगै बेल्जियमका गृहमन्त्री जन जाम्बोनले आफ्नो देश खतरामा रहेको बताएका थिए । उनले अहिले बेल्जियमको सुरक्षा व्यवस्था कडा पार्न निर्देशन दिएका छन् । फ्रान्सले पेरिस हमालापछि अब्देसलमलाई निगरानी गरिरहेको थियो । पेरिसमा यसअघि गत नोमेम्बरमा भएको आत्मघाति बिस्फोट र हमालाका क्रममा १ सय ३० जनाले ज्यान गुमाएका थिए । अहिले बेल्जियम ठूलो चिन्तामा छ । बेल्जियमले गत वर्षमात्रै ३ सय १५ वटा आतंककारी केश हेरेको र यस वर्ष झन्डै ६० जनालाई पक्राउ गराएको बेल्जियमकै एक अधिकारीले बताएका छन् । त्यसैकारण पनि बेल्जियममाथि आतंककारी हमालाको खतरा बढेको छ ।

नेपाली दूताबासका अनुसार ब्रसेल्स क्षेत्र भित्र करिव ५ सय नेपालीहरु बसोवास रहेको छ । यद्यपी कोहि नेपाली पनि घटनामा परेका छैनन् । घटनास्थल वरिपरि नेपालीहरु बसोवास गरेता पनि घटनामा नेपाली परेको अहिलेसम्म कुनै जानकारी प्राप्त नभएको नेपाली दूतावास बेल्जियमका उपप्रमुख घनश्याम भण्डारीले बताए ।

,

0 comments

Write Down Your Responses