‘पिलो’ देखाउन गएका बैकुण्ठलाई बुटवलका दुई अस्पतालले पालैपालो यसरी लुटे
सामान्यता पिलोको उपचार गर्दा कति खर्च लाग्छ ? ३, हजार, ४ हजार वा बढीमा ५ हजार ? तर बुटवलको एक निजी अस्पतालमा पिलोको उपचार गर्न पुगेका एक व्यक्तिको २ लाख खर्च भएको छ भन्दा तपाईलाई पत्यार नलाग्न सक्छ तर यो साँचो हो ।
बुटवल १२ राजमार्ग चौडाहाका बैकुण्ठ भण्डारीले पिलोको उपचारका लागि अस्पताल गएका उनको २ लाख खर्च भएको छ । हसारा १ खैरनी गुल्मीका स्थायी घर भएका भण्डारी बुटवलको राजमार्ग चौराहामा वि.वि डिष्ट्रिव्युटर्स सञ्चालन गरी बस्दै आएका छन् ।
माघ २६ गते पिलोको उपचारका लागि अञ्चल अस्पताल पुगेपछि अस्पतालमा कार्यरत एक सुरक्षा गार्डले जनसेवा मेडिकल हल अस्पतालमा जान भनेपछि २६ वर्षीय भण्डारी अस्पतालमा पुगेका थिए । डा. नवीन श्रेष्ठलाई उपचार गराउन उनी जनसेवा मेडिकल हलको टिकट लिई मर्सिसिटी हस्पिटलमा डा.श्रेष्ठसँग उपचार गर्न पुगेका थिए ।
डा.श्रेष्ठले २६ गते साँझ ६ बजे पिलोको अप्रेशनका लागि अप्रेशनमा कक्षमा पुगेका थिए । अप्रेशनका लागि डा. श्रेष्ठले कम्मर मुनिको भागमा नदुख्ने सुई लगाएपछि भण्डारी रात १२ बजे मात्र होसमा आए । ‘डाक्टरले भोलि डिष्चार्ज हुन्छ भनेका थिए, अर्को दिन बेडमा सा¥यो तर डिष्चार्ज गरेन,’ पीडित भण्डारीले भने ।
डिष्चार्ज नभएपछि अस्पतालमै रहेका भण्डारीलाई २८ गते झाडावान्ताले गालेपछि उनी थप सिथिल बनेका थिए । ‘औषधि खाएपछि मलाई झन् गाल्यो, पछि झाडावान्ता भयो साँझ त मलाई सास फेर्नै ग्राहो भयो’, उनले भने ।
साँझ सास फेर्न ग्राहो भएपछि भण्डारी बेहोस अवस्थामा रहेका थिए । बेहोस भएपछि स्थानीय आफन्तहरूले पिलोको उपचारका लागि आएको किन यस्तो हाल भयो भन्दै अस्पतालमा झगडा समेत गरेका थिए ।
बेहोस भएपछि भण्डारीलाई अस्पतालले क्रिमशन अस्पताल मणिग्रामको आईसियू कक्षमा रिफर गरेको थियो ।
पीडित भण्डारीले औषधि चलाउँदा नै गलत चलाएपछि आफू बेहोस बनेको र त्यसपछि एक्कासि आईसियूमा राखेपछि होस खुलेको बताए ।
‘किन यस्तो भयो भन्दा अस्पतालले फुडप्वइजन भयो भनेका छन् । तर मैले घरको केही खाएको थिइन, एकछाक रोटी र दाल मात्र खाएको थिए’, उनले थपे, ‘फुडप्वइजन भएको भन्दै उनीहरू उम्किन खोजेका छन् ।’
भण्डारीले आफ्ना औषधि तथा उपचारका विलहरू देखाउँदै मर्सिसिटी र क्रिमशनमा गरी १ लाख ७० हजार बढी खर्च भएको बताए । उनलाई ५ दिन मात्र क्रिमशनको आईसियूकक्षमा राखिएको थियो ।
मर्सिसिटी अस्पतालका डा.श्रेष्ठले पिलोको उपचारका लागि आएका भण्डारीको सफल उपचार भएको तर छातिमा निमोनिया देखेपछि आफूहरूले क्रिमशनमा रिफर गरेको टेलिफोनमा बताए ।
उनले भने, ‘पिलोको उपचार ठीक भयो तर, छातिमा निमोनिया देखेपछि हामीले उहाँलाई क्रिमशन रिफर ग¥यौँ, त्यहाँ उपचार गर्दा बढी खर्च आएको हुन सक्छ ।’
उनले पिलोको उपचार गर्दा मात्र ५ हजारभन्दा बढी खर्च नभएको बताए ।
स्रोत : दैनिक नेपाल


0 comments
Write Down Your Responses