घरायसी झगडाका क्रममा हम्मर प्रहार गरि श्रीमानद्धारा श्रीमतीको हत्या
काठमाडौं महानगरपालिका १६ म्हैपी बस्ने एक युवकले हम्मर प्रहार गरि आफ्नै श्रीमतीको हत्या गरेका छन् ।
घरायसी झगडाको कारण नुवाकोट छाप्रे ३ का ४१ वर्षीय कृष्ण केसीले आफ्नै श्रीमती ३५ वर्षीया सपना थापालाई सोमबार ढुङ्गा फुटाउन प्रयोग गर्ने हम्मरले प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घटनापछि केसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको बताएको छ । स्रोत : कविक एनपी न्यूज

0 comments
Write Down Your Responses