पहिलोपटक महिनावारी हुँदा यस्ता समस्याहरु आउनसक्छन् (जानी राखौ )
महिनावारी एउटा यस्तो प्राकृतिक प्रक्रिया हो, जसमा महिलामा हर्मोनको प्रभावको कारणले डिम्बाशयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरको भित्री तह तुहिएर रगत बग्दछ । प्रत्येक मासिक चक्रमा हर्मोनको मात्रामा आउने परिवर्तनले गर्दा पाठेघरको भित्री तहका शुक्ष्म रक्त नलिकाहरु फैलने तथा कोषहरु वृद्धि हुन जान्छन् ।
जसको कारणले गर्दा पाठेघरको बाक्लो र नरम बन्दछ । यदि त्यहि महिलामा गर्भधारण हुदैँन भने हर्मोनको मात्रामा बिपरित किसिमले परिवर्तन आउने हुँदा ती सुक्ष्म नलीकाहरु फैलन बन्द हुन्छ र पाठेघरको भित्रीतहमा बनेको बाक्लो र नरम तह कायम हुन नसकी फुटेर महिनावारीको रुपमा रक्तस्राव हुन्छ । साथै महिनावारी सुरु हुनु भनेको महिला प्रजनन गर्न सक्ने उमेर वा गर्भवती हुन सक्ने उमेरमा प्रवेश भएको अवस्थाको संकेत पनि हो ।पहिलो पटक महिनावारी भएको महिलाको योनीबाट रक्तस्राब हुन्छ । कसै कसैमा केही बढि रक्तस्राब हुन्छ । महिनावारी हुँदा महिलाको तल्लो पेट अथवा ढाड दुख्ने वा रिङ्गटा लाग्ने, खान मन नलाग्ने आदि हुन सक्छन् । यति मात्र नभई मानसिक तनाव जस्ता समस्याहरु पनि हुनसक्छ ।
किनकी धेरैजसो किशोरीहरुमा महिनावारीको ज्ञान नहुनुका साथै हाम्रो समाजमा यो स्वस्थ र साधारण प्रक्रियालाई पनि सामाजिक र धार्मिक कुराहरुसँग जोडेर छुट्याएर राख्ने, छुन नहुने जस्ता कुरा गरिएको हुन्छ ।
महिनावारी हुने उमेरका किशोरीहरुलाई बेलैमा महिनावारी सम्बन्धी ज्ञान नदिनाले किशोरीहरुको महिनावारी हुँदा आत्मबिश्वास कमजोर हुनुको साथै उनको आत्मसम्मानमा चोट लाग्न पनि सक्छ र मानसिक तनाव बढ्दछ । स्रोत : य्न्पी न्यूज लाईन .ब्ल्गस्पोट . कम
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>
भिडियो हेर्नको लागि यहाँ क्लिक गर्नुहोस् >>

0 comments
Write Down Your Responses