२० वर्षकी भेनिशा लिम्बूको हत्यामा सम्लग्न तीन जना युवक पक्राउ
महानगरीय प्रहरी अपराध महाशाखाले एक युवतीको हत्यामा संलग्न तीन जनालाई पक्राउ गरेको छ। एक जना भने फरार रहेका छन् । धनकुटा घर भई काठमाडौंको कपनमा बस्दै आएकी २० वर्षकी भेनिशा लिम्बूको हत्यामा सम्लग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।
काठमाडौं बौद्धका शनि लामा,सजित लामा र मोरङ पथरी घर भई थलीमा बस्दै आएका राजन राईलाई पक्राउ गरिएको एसएसपी सर्वेन्द्र खनालले जानकारी दिए। युवतीको शव फागुन १४ गते भक्तपुरको नगरकोटमा भेटिएको थियो।कसरी भयो हत्या ?
राजन राई र मृतक लिम्बूबीच तीन महिनाअघि मात्र फेसबुकमार्फत चिनजान भएको प्रहरी अनुसन्धानबाट खुल्न अाएको छ। गत फागुन ८ गते दिउँसो बौद्ध गेटमा राजन राई र लिम्बूबीच भेट भएको थियाे। भेट हुदाँ उनको हत्यामा सम्लग्न अरु दुई जना पनि सँगै थिए।
पछि राजनले लिम्बूलाई फोनबाट बोलाएर लाजिम्पाट लगेका थिए। जहाँ उनको साथीको अपार्टमेन्ट थियो। अपार्टमेन्टमा राजन र लिम्बू पुग्दा शनि, सजित र अर्का एक जना पनि कोठामा थिए। उनीहरुले रमाइलो गर्ने नाममा मादक पदार्थ सेवन गरेको डिएसपी दीपक रेग्मीले बताए।
लिम्बूसहित पाँच जना नै नशामा लठ्ठ रहेको खुल्न आएको छ। त्यसपछि राजनसँग लिम्बूले सहमतिमा नै यौनसम्पर्क राखेको र पछि बाँकी रहेका तीन जना साथीले पनि यौनसम्पर्क गर्न खोज्दा नमानेपछि लिम्बूको हत्या भएको रेग्मीले बताए।
बाथरुममा धकेलाधकेलको स्थिति भएको र उनी झ्यालबाट खस्न पुगेको उनले बताए। त्यसपछि घटनाभएकै दिन उनीहरुले गाडीमा राखेर भक्तपुरमा लगेर राति १ बजेतिर फालेको प्रहरी अनुसन्धानबाट खुल्न आएको छ।
अाराेपी तीनमध्ये दुई जना भारतबाट पक्राउ परेका हुन्। उनीहरुलाई त्यहाँको प्रहरीको समन्वयमा काठमाडौं ल्याइएको हो। मृतकका आफन्तले भने लिम्बूलाई झ्यालबाट खसालेर मारेको दाबी गरेका छन्। लिम्बूको एउटै खुट्टा दुई स्थानमा र कम्मर पनि भाँचिएको छ।
स्रोत : सेतो पाटि

0 comments
Write Down Your Responses