ह्यारीले यसरी काठको टिम्मा जंगलबाट बोक्दै विद्यालय बनाउन लागे ....हेर्नुहोस :;
नेपाल भ्रमणमा रहनुभएका बेलायती राजकुमार ह्यारी भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माणमा आज पनि सक्रियतापूर्वक जुट्नुभयो ।
भूकम्पबाट ध्वस्त भएको गोरखाको लापुबेंशीस्थित प्रभात किरण माध्यामिक विद्यालयको भवन पुनःनिर्माणमा राजकुमारसहित केही विदेशी युवा निरन्तर जुटेका हुन् ।
आफ्नो औपचारिक भ्रमण सम्पन्न भएपछि पनि राजकुमार ह्यारी आफ्नो भ्रमण लम्ब्याएर सहयोगीहरुका साथ विद्यालयको पुनःनिर्माणमा सघाउन बिहीबार यहाँ आउनुभएको हो ।
यहाँ रहँदा उहाँँले डोकोमा ढुङ्गा बोक्नुभयो भने आज नजिकैको जङ्गलबाट काठको टिम्मा बोकेर ल्याउनुभएको थियो ।
ह्यारीसँग मिलेर भवन निर्माणमा जुटेका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुरेश गुरुङले विदेशीले यसरी आफ्नो गाउँको विद्यालय भवन बनाउन सुरु गरेकोप्रति खुसी व्यक्त गर्नुभयो ।
नेपाल भ्रमणमा आउनुभएका राजकुमार ह्यारीले पुनःनिर्माणमा जुटेर दुर्गमका विद्यार्थीको शिक्षामा सहयोग गर्नु उदाहरणीय काम भएको स्थानीयवासीले प्रतिक्रिया दिएका छन् ।
राजकुमार ह्यारीसहितले बनाउँदै गरेको गोरखाको लापु गाविसस्थित विद्यालय ।
भूकम्पले ध्वस्त बनेको यस विद्यालयको ११ कोठे भवन बनाउन लागिएको छ । यसअघि ह्यारीले आफ्नो औपचारिक भ्रमण सकेर ६ दिनका लागि थप नेपाल बस्ने निर्णय लिनुभएको थियो । त्यसलगत्तै उहाँ काठमाडौंबाट एकएक गायब हुनुभएको थियो ।
स्रोत : दैनिक नेपाल

0 comments
Write Down Your Responses