यादव भन्छन मधेसको अधिकार खोसिए मर्न तयार .....हेर्नुहोस ::
संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यले मधेसी जनतालाई अधिकारविहीन बनाएर जबरजस्ती दास बनाउन खोजिएको आरोप लगाएका छन् ।
संघीय समाजवादी फोरम नेपाल रौतहटद्वारा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले मधेसी जनताको अधिकार कुण्ठित गरी ल्याइएको संविधान स्वीकार गराउन खोजे मधेसका जनता अधिकारका लागि मर्न तयार रहेको बताए ।
‘मधेसी जनतालाई दमन, शोषण र दास बनाएर गरिँदै आएको शासन व्यवस्थालाई मधेसका जनताले अस्वीकार गरी आन्दोलनमा होमिएका छौं’, यादवले भने ।
सो पार्टीका वरिष्ठ नेता अशोक राईले मधेसी जनताले विश्वमै अभुतपूर्व ऐतिहासिक आन्दोलन गरेको बताए ।
‘मधेसी जनताले विश्वमै अभूतपूर्वरुपमा विवेकपूर्ण जनआन्दोलन चलाए’, उनले भने, ‘तर सत्ता चलाउनेहरु निर्दयीरुपमा प्रस्तुत भएर जनतामाथि दमन गरेका छन् ।’
ओली सरकार इतिहासकै कलंकित सरकार भएको टिप्पणी गर्दै राईले मधेसका जनताले चार महिनासम्म नाका बन्द गर्दा पनि नसुनेको गुनासो गरे ।
‘मधेसका जनताले अधिकारका लागि चार महिनासम्म नाका थुने’, राईले भने, ‘नाकालाई विवेकपुर्ण रुपमा खुकुलो बनाउँदा समेत राज्य उदाशीन बन्यो ।’
स्रोत : कविक न पी न्यूज

0 comments
Write Down Your Responses