शिक्षकले आफ्नै विद्यार्थीलाई काम छ भनी बोलाएर खेतमा यस्तो हर्कत गरेपछि…हेर्नुहोस् :

आफ्नै विद्यालय पढ्ने एक छात्रालाई बलात्कार गरेको आरोपमा इलाका प्रहरी कार्यालय तुलसीपुरले आज एक शिक्षकविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । इप्रका तुलसीपुरका प्रवक्ता प्रहरी निरीक्षक सन्तोष रोकाले दिनुभएको जानकारीअनुसार शान्तिनगर गाविस–९ जुम्लेकुला निवासी शिक्षक कृष्ण केसीविरुद्ध मुद्दा चलाइएको हो । पीडितले दिएको उजुरीको आधारमा केसीमाथि कानुनी कारवाही चलाइएको हो । गत फागुन ६ गते केसीमाथि कक्षा ९ मा अध्ययनरत एक छात्रालाई काम छ भनी बोलाएर खेतमा लगी जबर्जस्ती गरेको आरोप छ । गोप्यरुपमा मिलापत्र गर्ने प्रयास विफल भएपछि यो घटना प्रहरीसम्म पुगेको हो स्रोत : दैनिक नेपाल

0 comments

Write Down Your Responses