यी हुन् कम्प्युटर काम गर्नेले आँखालाई आराम दिन अपनाउनु पर्ने उपायहरु (जानी राखौ )
अहिले कम्प्युटर हाम्रो जिवनशैलीको अभिन्न अंग बनिसकेको छ। मानिस धेरै कामको लागि कम्प्युटरमै निर्भर हुँदै गएको छ। कुर्सीमा बसेर लामो समयसम्म कम्प्युटरको पर्दामा हेरेर किबोर्डमा हात चलाउँदै काम गर्नुपर्ने मानिसलाई धेरैले सजिलो काम गर्ने मान्छेको रुपमा हेर्लान् तर कम्प्युटरमा लामो समयसम्म काम गर्नु निकै सकसको काम हो र यसको प्रत्यक्ष असर हाम्रो आँखामा पर्छ।
यसका कारण कहिलेकाहीँ हाम्रो आँखा रातो हुन्छ र थकान महसुस हुन्छ आखाबाट आशु बगिरहन्छ। धेरै लामो समयसम्म उच्च प्रकाशमा कम्प्युटरमा काम गर्दा आँखाको दृश्यशक्तिमा पनि असर पर्छ।त्यसकारण कम्प्युटरको स्क्रिनको प्रकाश सन्तुलित बनाउन आवश्यक हुन्छ। अर्थात् स्क्रिन आवश्यकता भन्दा बढि चम्किलो वा निकै अँध्यारो पनि हुनुहुँदैन। कम्प्युटरमा काम गर्नेहरुले आँखालाई स्वस्थ राख्नका लागि निम्न उपाय अपनाउनु आवश्यक हुन्छ:
आँखाका लागि विश्राम-कम्प्युटर स्क्रिनमा लगातार आँखा गाढेर काम गरिरहँदा यसले आँखामा दबाब पर्छ । त्यसैले केही बेरका लागि विश्राम गर्नु वा कम्प्युटरको पर्दाबाट आँखा हटाउनु आवश्यक हुन्छ। केही बेरका लागि कम्प्युटरबाट आफ्नो नजर हटाएर टाढा केही चिजमा हेर्नुहोस्। २०९३० मिनेटको अन्तरालमा आफु बसिरहेको कुर्सीबाट उठेर केही छिनको लागि कतै टहल्नु लाभदायी हुन्छ।
आँखा झिम्काइरहनुपर्छ:
लगातार आँखा झिम्काउनाले आँखालाई सुख्खा बनाउनबाट बचाउँछ र यसले आँखामा पर्ने दबाब पनि कम गर्छ। कम्प्युटरमा काम गर्नेले हरेक ३९४ सेकेण्डमा आँखा झिम्काउनु पर्छ। आँखा नझिम्काइकन एकटकले लामो समयसम्म कम्प्युटरमा हेरिरहँदा यसले आँखालाई सुख्खा बनाउनुका साथै आँखाको दृष्टिशक्तिमा पनि असर पूराउँछ।
स्क्रिनको प्रकाश कम गर्नु:
कम्प्युटरमा काम गर्दा टाउको दुख्ने वा आँखा बिझाउने जस्तो समस्या आउने गर्छ भने कम्प्युटरको स्क्रिनको ब्राइटनेस तथा कन्ट्रास्ट एडजस्ट गर्नुहोस्।
कम्प्युटर मैत्री बन्नुहोस्:
कार्यवातावरणमा पर्याप्त प्रकाश छ छैन भन्ने कुरामा ध्यान दिनुपर्छ। एसी वा पंखाको सिधै तल नबस्नुहोस्। यसो गर्दा आँखा सुख्खा हुने र टाउको दुख्ने समस्या पैदा हुनसक्छ।
स्रोत : कविक यन्पी न्यूज

0 comments
Write Down Your Responses