यस्ता छन् नेपाल र चीनबीच भएका १० सम्झौता...हेर्नुहोस ::

प्रधानमन्त्री केपी शर्मा ओलीका चीन भ्रमणका क्रममा नेपाल र चीनबीच १० बुँदे समझदारी पत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री ओली र चिनियाँ प्रधानमन्त्री र लि खछयाङवीच ग्रेट हल अफ दि पिपुलमा वार्तापछि महत्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको हो । प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले चीन भ्रमणमा रहेका प्रधानमन्त्री र चीनका प्रधानमन्त्रीबीच आज भएको भेटवार्तापछि नेपाल र चीनबीच विभिन्न विषयमा सम्झौता भएको बताए । सल्लाहकार दाहालले जारी गरेको प्रेस नोटमा नेपाल र चीनबीच पारवाहन तथा यातायात सम्झौता, स्वतन्त्र व्यापार सम्झौता, ३२ हजार घरमा सौर्य प्रणाली जडान गर्ने सम्झौता, सुबिधायुक्त ऋण सम्झौता, पोखरा विमानस्थल निर्माणका लागि ऋण सम्झौता, नेपालमा ग्याँस तथा इन्धनको अन्वेषण गर्ने सम्झौता र हिल्सामा पुल निर्माण गर्ने लगायतका सम्झौताहरु भएको उल्लेख छ । दुई प्रधानमन्त्रीबीच नेपाल–चीन सम्बन्धलाई अझ प्रगाढ बनाउने सम्बन्धमा छलफल भएको उल्लेख छ । त्यसअघि प्रधानमन्त्रीलाई आजै चिनियाँ सेनको एक टुकडीले तोप पडकार सलामी अर्पण गर्नुका साथै स्वागत गरेको थियो । प्रधानमन्त्री ओली साताव्यापी औपचारिक भ्रमणका क्रममा हिजो चीनको राजधानी बेइजिङ पुगेका थिए । प्रधानमन्त्री ओली चीनका प्रधानमन्त्री लि खछयाङको निमन्त्रणामा चीन भ्रमणमा गएका हुन् । प्रधानमन्त्री ओलीले आज नै चिनियाँ राष्ट्रपति सि जिन पिङसँग भेटघाट गर्नेछन् । स्रोत : रातो पाटि

0 comments

Write Down Your Responses