आमा नहुँदा बुवाले आफ्नै छोरीलाई गर्भवती बनाएपछी ...हेर्नुहोस ;;;

श्रीमतीको निधनपछि एक पुरुषले आफ्नै छोरीको यौन शोषणा गरी गर्भवती बनाएको सनसनीपूर्ण खबर बाहिर आएको छ । घटना महाराष्ट्रको सताराको हो । जहाँ गाउँलेले थाहा पाएर यो घटनालाई गाउँ पञ्चायतसम्म पुर्याएका छन् । यो घटनामा त्यहाँको जाति पंचायतले छोरीको बलात्कार गरेको अभियोगमा बाबुका साथै पीडित छोरीलाई पनि सजाय सुनाएको छ । पंचायतको फैसलापछि बाबुछोरीमाथि १०-१० कोरा(लाठी) हानिएको थियो । समाचार अनुसार घटना सतारा जिल्लाको पाचवड गाउँको हो । त्यहाँका एक पुरुषले करिब ४ महिनासम्म आफ्नी नाबालिग छोरीको यौनशोषण गरे । यो कर्तुतको थाहा तब भयो जब पीडित युवती गर्भवती भइन् । जाति पंचायतले आफ्नो कानुनअनुसार गाउँलेको बीचमा बाबु र छोरीलाई सजाय दिएको हो । पीडित बालिकाकी आमाको केही वर्षअघि मृत्यु भइसकेको छ । जसका कारण बाबुले छोरीबाटै आफ्नो यौन प्यास मेटाउथे । पंचायतले यौन शोषणमा परेकी बालिकालाई पनि सजाय दिएपनि गाउँले छक्क परेका छन् । बाबुलाई त बलात्कार आरोपमा सजा सुनाइयो तर, छोरीलाई किन सजाय दिइयो भन्ने प्रश्न उठ्यो । जसमा छोरीलाई सजाय दिनुको कारण अहिलेसम्म यस्तो अत्याचार सहनु रहेछ । पंचायतले पीडित बालिकाले चार चार महिनासम्म एकपटक पनि यस्तो कर्तुतको विरोध नगरेपछि उनलाई पनि दोषी ठहर गरेको हो । स्रोत : दैनिक नेपाल

,

0 comments

Write Down Your Responses