नेता गगनलाई सभापति देउवाको आकर्षक पद !

१३ औं महाधिवेशनमा महामन्त्री पदमा हारेका युवा नेता गगन थापालाई कांग्रेस सभापति शेरबहादुर देउवाले आकर्षक पदको प्रस्ताव राखेका छन् । आज कार्यभार सम्हाल्न लागेका देउवाले गगनलाई केन्द्रीय सदस्यमा नियुक्त गर्नुका साथै पार्टी प्रवक्ताको प्रस्ताव गरेको सम्बद्ध स्रोतले जनाएको छ । विपी पुत्र सशांक कोइरालासँग महामन्त्री हारेका गगन अहिले गुमनाम जस्तै छन् । प्रतिभा भएपनि अवसर नपाएका बेला उनलाई देउवाले पार्टी प्रवक्ता बन्न प्रस्ताव गरेका हुन् । यसअघि स्व. सुशील कोइराला सभापति रहदा नेता दिलेन्द्र बडु पार्टी प्रवक्ता थिए । यद्यपी पार्टी प्रवक्तामा अर्का नेता प्रकाश शरण महतको नाम पनि चर्चामा रहेको देउवा निकटस्थ बताउँछन् । यसैगरी देउवाले गगनसहित ७ जनालाई आजै केन्द्रीय सदस्यमा नियुक्त गर्दैछन् । स्रोत : दैनिक नेपाल

,

0 comments

Write Down Your Responses