प्लाष्टिकको झोलाभित्र नवजात शिशुको शव फेला हेर्नुहोस्

काठमाडौं : काठमाडौंको चन्द्रागिरी १६ सतुङगलमा प्लाष्टिकको झोलाभित्र नवजात शिशुको शव फेला परेको छ।
नवजात शिशुको शवलाई प्लाष्टिकभित्र राखेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। प्लाष्टिकभित्र राखेर फालिएको नवजात शिशु कुनै महिलाले अबैध रुपमा गर्भधारण गरी जन्मिएको हुन सक्ने अनुमान गरिएको छ ।
स्थानीय बासिले रातो कपडाले बेरेको अवस्थामा प्लाष्टिकभित्र मरेको बच्चा देखेपछि प्रहरीलाई खवर गरेका थिए । यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।
source :dcnepal.com

, ,

0 comments

Write Down Your Responses