हँसिया प्रहार गरी श्रीमतीलाई काटेर मार्ने श्रीमान पक्राउ

आफ्नै श्रीमतीलाई धारिलो हतियार हँसिया प्रहार गरी मारेको अभियोगमा पाण्डपखानी–९ बस्ने ३५ बर्षीय नविन पुनलाई प्रहरीले पक्राउ गरेको छ ।

घर झगडाका कारण पुनले विहिबार ३२ बर्षीया श्रीमती सपना पुनलाई हँसिया प्रहार गरी घाइते बनाएका थिए । उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय गल्कोटबाट प्रहरी घटना स्थलमा पुगेको थियो ।

घटना स्थलमा खटिएको प्रहरी टोलीले उनलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र हरिचौर गल्कोटतर्फ ल्याउँदै गर्दा सपनाको बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

0 comments

Write Down Your Responses