किर्तन खड्गी मात्र नभएर यी २ युवक विरुद्ध मुद्दा दायर गरियो

योरुना पुन नेहा हत्या आरोपित सतीश भन्ने किर्तन खड्गी विरुद्ध जिल्ला अदालत कास्कीमा कर्तब्य ज्यान र जबरजस्ती करणी मुद्दा दायर गरिएको छ । जिल्ला प्रहरी कार्यालयकोे अनुसन्धानपश्चात सरकारी वकिल मार्फत मुद्दा दर्ता भएकोमा सोमबार थुनछेक वहस सुरु भएको स्रेस्तेदार दीनवन्धु बरालले बताए । सोमबार अबेरसम्म वहस नसकिएपछि आदेश हुन सकेन ।

भित्र आरोपितसँग बयान लिइरहदा अदालत बाहिर भने नेहाका आफन्त र सुभेच्छुकले नाराबाजी गरेका थिए । कार्यालय खुल्ने वित्तिकै सुरु भएको नारावाजी ४ बजेसम्म चलेको थियो । आडैमा रहेको वडा प्रहरी कार्यालय वैदामका प्रहरीले अदालतमा सुरक्षा दिएका थिए । मुद्दाका सम्बन्धित व्यक्तिवाहेक अरुलाई अदालत पस्न दिइएको थिएन । हत्यामा सतीशवाहेक अरुको पनि संलग्नता रहेको र उनीहरुलाई पनि पक्रेर कारबाही गर्न माग गर्दै आफन्तले नारावाजी गरेका थिए ।

राप्रपा नेपालका जिल्ला अध्यक्ष जयलाल पुनले प्रहरीले पैसा र शक्तिको आडमा मुद्दा कमजोर बनाउन खोजेको आरोप लगाउँदै न्यायालयबाट उचित सुनुवाइ हुने आशा व्यक्त गरे ।

सतीशसँगको बयान लम्बिएका कारण सोमबार अबेरमात्र थुनछेक वहस सुरु भएको थियो । पक्षबाट जिल्ला न्यायाधिवक्ता गंगा पौडेल, सुरेन्द्र थापा मगर र सरिता थापाले वहस गरे । पक्षबाटै शोभा पराजुली, विनीता नेपालीलगायतले मंगलबार वहस गर्नेछन् । सतीशको तर्फबाट अधिवक्ता दुर्गेशराज पन्तले मुद्दा हेरेका छन् । घटनास्थलको मुचुल्का र सतीशको साविति बयान मिलेकोले सतीशले नै हत्या गरेको ठहर्ने दाबी वकिलले गरेका छन् । प्रहरीसँगको वयानमा हत्या गरेको सतीशले स्वीकार गरे पनि अदालतमा उनले आरोप अस्वीकार गरेका छन् ।

नयाँगाउँ घर भइ न्युरोडस्थित स्माइल क्याफेमा कार्यरत १९ वर्षे नेहा पुनको शव माघ १९ गते बिहान उनकै घर नजिकै भेटिएको थियो । त्यसलगत्तै सतीश लगायत युवाहरुलाई प्रहरीले पक्राउ गरेको थियो । अरुलाई छाडे पनि सतीशलाई थुनामै राखेको प्रहरीले माघ २५ गते सार्वजनिक गरेको थियो ।

माघ १८ गते राति नेहा, सतीश र अन्य साथीहरु न्युरोडस्थित ओपन टेबल रेस्टुरेन्टमा मादक पदार्थ सेवन गरेर ९ बजेतिर सबै निस्केको सतीशले प्रहर बयानमा बताएका छन् । सतीशको मोटरसाइकलमा घर हिंडेकी नेहालाई घर नपुग्दै लेकसाइड जाऊँ भन्दै यौन प्रस्ताव राखेका थिए । आफ्नो प्रस्ताव नमानेको उल्टै फोहोरी शब्दले गाली गरेपछि हेलमेटले टाउकोमा हानेको सतीशले स्वीकार गरेको प्रहरीले जनाएको छ । चोटले ढलेपछि सतीशले यौन सम्पर्क प्रयास गरेको रगत बगेको देखेपछि त्यहाँबाट भागेको बयान सतीशले प्रहरीसँग दिएका छन् ।

नेहाका आफन्त र सुभेच्छुकले यसअघि २ पटकसम्म पोखरामा वृहत ¥याली निकालेर हत्यामा धेरै जनाको संलग्नता रहे पनि सतीशलाई मात्र पक्रा गरी अरुलाई उन्मुक्ति दिएको आरोप लगाएका थिए ।

यसैगरी जिल्ला प्रहरी कार्यालय कास्कीले किर्तन खड्गीसहित ४ जना विरुद्ध जिल्ला प्रशासन कार्यालयमा सार्वजनिक मुद्दा पनि दायर गरेको छ । सतीशसहित साथीहरु भदौरेका २१ वर्षे सञ्जय गुरुङ, लुम्लेका २३ वर्षे सुदीप गुरुङ विरुद्ध मुद्दा दायर गरिएको हो । स्रोत : समाधान न्यूज 

0 comments

Write Down Your Responses