पोर्न फिल्म स्टाइलमा पत्निसँग शारीरिक सम्पर्क राख्न खोज्दा…
पोर्न फिल्म स्टाइलमा पत्निसँग शारीरिक सम्पर्क राख्न खोज्दा अजमेरमा बबाल मच्चिएको छ । आफ्नो मोबाइलमा पोर्न फिल्म हेरिरहेका एक पुरुषले आफ्नी पत्निसँग पोर्नस्टारको जस्तो गर्न लगाए । तर, पत्नि यस्तो गर्न अस्वीकार गरिन् । त्यसपछि रिसले चुर भएका श्रीमानले उनलाई यति कुटे की महिलालाई अस्पतालै लग्नुपर्यो । आइतबार प्रहरीले पीडक श्रीमानलाई गिरफ्तार गरेको छ । समाचार अनुसार महिलाले अस्पतालबाट डिस्चार्ज भएपछि यो घटनाबारे वरिष्ठ प्रहरी अधिकारीलाई जानकारी गराएकी थिइन् । महिलाले प्रहरीलाई बताएअनुसार १३ वर्षअघि विहे गरेर श्रीमान बनाएका उस्मान नामका पुरुषले पहिलोपटक यस्तो हर्कत गरेका हुन् । यसको कारण मोबाइल भएको बताइएको छ । उस्मानले यसैवर्ष मात्रै मोबाइल किनेका थिए । उनी आफ्नो मोबाइलमा अधिकांश पोर्न फिल्म डाउनलोड गर्थे र पत्निलाई देखाएर उस्तै नक्कल गर्न लगाउथे । सुरु सुरुमा उनले पतिले भनेजस्तै गरिन् । तर, अति भएपछि उनले शनिबार गर्न मानिनन् । त्यसपछि गाली दिँदै श्रीमानले मरणासन्न कुटेका थिए । पीडित पतिविरुद्ध प्रहरीले महिला तथा घरेलु हिंसा ऐन अन्तर्गत मुद्दा दर्ता गरि कारवाही प्रक्रिया अगाडि बढाएको छ । महिलाले घर छाडेर माइत गएकी छिन् । स्रोत : दैनिक नेपाल

0 comments
Write Down Your Responses