आफु नजिकका व्यवसायीलाई प्रधानमन्त्री ओलीले दिए ४४ करोडको उपहार...हेर्नुहोस् ::
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक खरीद ऐन र सार्वजनिक खरीद नियवावलीको वेवास्ता गर्दै एमाले निकट व्यवसायीहरुको कम्पनीलाई ४४ करोडको उपहार दिएका छन् । रातोपाटीले यस विषयमा शुरुदेखि प्रधानमन्त्रीले गलत प्रक्रिया अपनाईरहेको विषयमा समाचार प्रकाशित गर्दै आएको थियो ।
प्रधानमन्त्री केपि ओलीले करीव ४४ करोडको सेवा गरीद गरेर आईतबार बिहान ११ बजे हिमालयन एयरलाईन्स मार्फत चीन भ्रमणमा निस्कए । तर, उनले त्यसका लागि केही पनि कानुनी प्रकृया पूरा गरेनन् । सम्पूर्ण प्रक्रिया मिचेर उनले आफ्नो पार्टी एमाले निकट व्यवसायीहरुको लगानी रहेको कम्पनीलाई ‘उपहार’ नै दिएका छन् ।
सार्वजनिक खरीद ऐन–२०६३ र सार्वजनिक खरीद नियवावली–२०६४ अनुसार कुनै पनि सार्वजनिक निकायले बस्तु वा सेवा खरीद गर्दा निश्चित ‘खरीद प्रकृया’ पूरा गर्नुपर्ने हुन्छ । तर, प्रधानमन्त्री ओली यहाँ चुकेका छन् ।
‘सरकारको पूर्ण वा आंशिक स्वामित्व भएका कुनै पनि निकायले सरकारी जुनसुकै सेवा, बस्तु, औषधी खरीद गर्दा पनि सार्वजनिक खरीद ऐन पूरा गर्नुपर्छ,’ अर्थविज्ञ डा.चन्द्रमणी अधिकारी भन्छन् ।
राष्ट्रिय ध्वजाबहाक नेपाल बायूसेवा निगमसँग भएका जहालाई बेवास्ता गरेपछि प्रधानमन्त्रीमाथि नीजि कम्पनीको अघोषित ‘ब्राण्ड एम्बास्डर’ बनेको आरोप नै लाग्यो । पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि ओलीको यो कदमको विरोध गरेका छन् ।
अचआईएफ एभिएसन ईन्भेष्टमेण्ट र यति वल्र्ड ईन्भेष्टमेण्टको लगानीमा सञ्चलन भएको हिमालयन एयरलाईन्समा एमाले निकट व्यवसायीको पनि लगानी छ । सोहीकारण प्रधानमन्त्री ओलीले हिमालयलाई ४४ करोडको विजनेश दिएको आरोप लागेको छ ।
स्रोत : रातो पाटि

0 comments
Write Down Your Responses