संवैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको एजेण्डा बोक्ने कमल थापालाई १४ प्रश्न ...यस्तो छ
१) राप्रपा नेपालको मुख्य एजेण्डा संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको सम्बोधन नै नहुदै पनि पार्टीका सभासदहरुले नेपालको संविधानमा हस्ताक्षर किन गरे ?
२) गणतान्त्रिक नेपालको संविधानलाई स्वीकार्दै राप्रपा नेपाल सरकारमा सहभागी भयो किन ?
३) राजालाई कुनै स्थान नै नदिईएको र हिन्दु राष्ट्र नै नलेखिएको संविधान कसरी विश्वको सर्वोत्कृष्ट संविधान भयो ?
४) के तपाईले संघीयता स्वीकारी सक्नुभयो त ? यदि होईन भने मधेशवादी दलसंगको वार्ताको लागि गठन गरिएको समितिको संयोजक किन बन्नु भयो ?
५) हिन्दुत्वको मुद्दाले नै तपाई र तपाईको पार्टीले स्थान पायो । फेरि किन हिन्दुत्वको संरक्षण र संवर्द्धन गर्न कहिल्यै आगाडी देखिनु भएन, किन ?
६) हिन्दुत्वको संरक्षण एवम हुनु जरुरी छ कि छैन ?
७) हिन्दु विरोधीहरुलाई समाप्त पार्न किन कुनै कदम उठाउनु भएन् ?
८) सत्तामा बसेर हिन्दु विरोधीलाई तह लगाउने काम गर्नु भन्दा उनीहरुलाई बढावा किन दिनु भएको ?
९) तपाईको पार्टीका अधिकांश नेताले क्रिष्चियन धर्मालम्वीलाई मेरी क्रिष्मस, भ्यालेन्टाईन डे, अंग्रजी नया वर्षको दिन शुभकामना दिने गरेका छन्, आखिर किन ?
१०) तपाईकै पार्टीका नेतृ एवम् सहायक मन्त्री कुन्ती शाहीले नै बेलायती राजकुमार हयारीको स्वागत गर्न किन गएकी थिईन् ? के अरु थिएनन ?
११) सत्तामा पुगेपछी कतिवटा मठ मन्दिरको निर्माण गर्न लगाउनु भयो ? कतिवटा हिन्दु धार्मिक स्थलको मर्मत सम्भार गराउनु भयो ?
१२) सत्तामा पुगेपछि कति पटक धार्मिक सम्मेलन गराउनु भयो ?
१३) देशमा धर्मनिरपेक्षता लाद्ने माओवादीको पुच्छर किन बन्नु भो ? उपराष्ट्रपति पासांगसंग फोटो खिचाउदा मख्ख पर्नु भयो रे, आखिर किन ?
१४) सत्तामा पुगेपछी हिन्दु राष्ट्र कायम गराउनका निम्ति हिन्दुवादीहरुसंग किन सल्लाह गर्नु भएन ? के तपाई पश्चिमा शक्तिको मतियार हो ?
हुनतः म राजाबादी होईन । तपाईको पार्टीले संबैधानिक राजतन्त्र र हिन्दु राष्ट्रको आश्वासन दिएर संविधानसभाको निर्वाचनमा मत पाएको थियो र देशको चौथो शक्ति नै बन्न पुग्यो । तर तपाई केही क्षणिक लोभको कारण जनताको मतलाई अपमान गर्दै सत्तामा पुग्नुभयो । आज यस देशमा जनताले हिन्दुवादी माथि विश्वास गर्नै छोडेको छ र म जिल्ला–जिल्लामा भ्रमण गर्दा मलाई पनि जनताले यहि प्रश्नहरु गर्ने गरेका छन, त्यहीभएर म तपाईसंग जवाफ मांग्दैछु ।
मलाई विश्वास छ कि सम्पुर्ण प्रश्नको जवाफ राप्रपा नेपालले जनतालाई दिनेछन् ।
विकाश कुमार ठाकुर
अध्यक्ष
हिन्दु युवा जनशक्ति संघ, नेपाल

0 comments
Write Down Your Responses