शरीरको तौल घटाउने सजिला उपाय यस्तो छ ( जानी राखौ ) भिडियो सहित

तपाई मोटो हुनुहुन्छ भने यसलाई समयमा घटाउनु उचित हुन्छ । किन भने मोटो शरीर भएको व्यक्तिलाई धेरै थरीका रोग लाग्न सक्छ । यो विषय सबैले जानेबुझेका हुन्छन् । तर यसबाट मुक्ति पाउन सजिलो छैन । मोटोपना हटाउन र शरीरको तौल कम गर्नका लागि सामान्य केही उपाय अपनाउने हो भने शरीर घटाउन सकिन्छ । यहाँ सामान्य केही जानकारी दिन खोजिएको छ ।
बेकरी फूड नखाने
बेकरी फूडले शरीरलाई मोटो बनाउन भूमिका खेल्छ । तपाईले बेकरीबाट उत्पान हुने खानेकुराहरुलाई खान छाड्नु भयो भने त्यसबाट शरीरको तौल घटाउन मद्दत पुग्छ । केक, कुकीज, मफिंस, ब्रेड आदि खानेकुराले शरीरमा मोटोपना बढाउन सहयोग गरेको हुन्छ ।
तारेको खानेकुरा नखाने
तलेमा तारेको खानेकुरा नखाँदा स्वास्थ्यका लागि धेरै लाभदायक हुन्छ । यस्तो भोजनमा कैलोरी र नुन धेरै हुन्छ । यसैकारण माछासहितका खानेकुरा जो तेलामा तारिएका छन् ती खानु हुँदैन । फ्रेंच फ्राईज, पोटैटो चिप्स, ब्रेड पकौडा, समोसा, फ्राइड भेजिटेबल खाने गर्नाले पनि शरीरमा मोटोपना बढाउछ । यदि यी कुरा नखाएमा शरीर बढ्न पाउँदैन ।
हाई कैलोरी वाले ड्रिंक्स नखाने
चिनी राखिएका ड्रिंक्स पनि स्वास्थ्यका लागि हानिकारक मानिन्छ । यसमा कैलोरीको मात्रा ज्यादा हुन्छ । तपाई यसबाट बच्नु पर्छ । अल्कोहल, बीयर र काकटेल, स्पोर्ट्स ड्रिंक, चिनी हालेको चिया, फ्लेवर्ड काफी, सोडा, फ्लेवर्ड पानी, विटामिन पानी आदि पनि खानु हुँदैन ।
बिहानको समयमा हिँड्ने
शरीर घटाउनु छ भने बिहानको समय कम्तिमा एक घण्टा हिँडदा राम्रो हुन्छ । यसले शरीरलाई आवश्यक पर्ने अक्सिजन दिनुका साथै शरीरका विभिन्न अंग चलाउन सहज हुन्छ ।
धेरै पानी पिउने
शरीरका लागि आवश्यक पर्ने पानी तपाई हामी सबैले पिउनु अनिर्वाय हुन्छ । शरीरको तौल र मोटोपना घटाउनका लागि स्वच्छ पानीले धेरै सहयोग गर्छ । दैनिक कम्तिमा पाँच लिटरसम्म पानी पिउँदा यसले शरीरलाई धेरै फाइदा गर्छ ।

, ,

0 comments

Write Down Your Responses