पहिलोपटक महिनावारी हुँदा ध्यान दिनुहोस यस्ता समस्याहरु आउनसक्छन्
महिनावारी एउटा यस्तो प्राकृतिक प्रक्रिया हो, जसमा महिलामा हर्मोनको प्रभावको कारणले डिम्बाशयबाट डिम्ब निष्कासन भएपछि बिस्तारै बाक्लो हुँदै गएको पाठेघरको भित्री तह तुहिएर रगत बग्दछ । प्रत्येक मासिक चक्रमा हर्मोनको मात्रामा आउने परिवर्तनले गर्दा पाठेघरको भित्री तहका शुक्ष्म रक्त नलिकाहरु फैलने तथा कोषहरु वृद्धि हुन जान्छन् ।
जसको कारणले गर्दा पाठेघरको बाक्लो र नरम बन्दछ । यदि त्यहि महिलामा गर्भधारण हुदैँन भने हर्मोनको मात्रामा बिपरित किसिमले परिवर्तन आउने हुँदा ती सुक्ष्म नलीकाहरु फैलन बन्द हुन्छ र पाठेघरको भित्रीतहमा बनेको बाक्लो र नरम तह कायम हुन नसकी फुटेर महिनावारीको रुपमा रक्तस्राव हुन्छ । साथै महिनावारी सुरु हुनु भनेको महिला प्रजनन गर्न सक्ने उमेर वा गर्भवती हुन सक्ने उमेरमा प्रवेश भएको अवस्थाको संकेत पनि हो ।हिलो पटक महिनावारी भएको महिलाको योनीबाट रक्तस्राब हुन्छ । कसै कसैमा केही बढि रक्तस्राब हुन्छ । महिनावारी हुँदा महिलाको तल्लो पेट अथवा ढाड दुख्ने वा रिङ्गटा लाग्ने, खान मन नलाग्ने आदि हुन सक्छन् । यति मात्र नभई मानसिक तनाव जस्ता समस्याहरु पनि हुनसक्छ ।
किनकी धेरैजसो किशोरीहरुमा महिनावारीको ज्ञान नहुनुका साथै हाम्रो समाजमा यो स्वस्थ र साधारण प्रक्रियालाई पनि सामाजिक र धार्मिक कुराहरुसँग जोडेर छुट्याएर राख्ने, छुन नहुने जस्ता कुरा गरिएको हुन्छ ।
महिनावारी हुने उमेरका किशोरीहरुलाई बेलैमा महिनावारी सम्बन्धी ज्ञान नदिनाले किशोरीहरुको महिनावारी हुँदा आत्मबिश्वास कमजोर हुनुको साथै उनको आत्मसम्मानमा चोट लाग्न पनि सक्छ र मानसिक तनाव बढ्दछ ।
स्रोत : यन्पी न्यूज लाईन

0 comments
Write Down Your Responses