बस्नेत भन्छन् शरिरको चाहानाले हुन्छ माया (भिडियो सहित)

प्रेममा धोका खाएर आत्महत्या गर्ने प्रेमी विश्वभर छन् । त्यसो त धेरै कविहरु पनि बनेका छन् प्रेममा धोका खाएपछि । कोहि पागल बनेका छन् । एउटै प्रेमले मान्छेलाई कसरी फरक फरक अवस्थामा पुग्छन् मान्छे ? माया लगाउनु ठिक अथवा माया नलगाउँदा नै ठिक हुन्छ यसको बैज्ञानीक कारणको खोजीमा छन् गायक केशव बस्नेत । गायक बस्नेत मात्रै होईन बरिष्ठ गजलकार डा. कृष्णहरी बराल तथा संगीतकार महेश खड्का पनि मायाका असरका बैज्ञानीक कारणको खोजीमा छन् । मायाको असर मात्रै होईन माया केले हुन्छ त्यसको पनि खोजी गरिएको छ । कोहिले माया भावनाले हुन्छ भने कसैले शरिरको चाहनाले हुन्छ भन्दै आए तर, माया के हुन्छ यसको बैज्ञानीकता जान्न पर्दामा देखिएकी छन् नायिका नम्रता सापकोटा । नायिका नम्रताका साथमा भिडियोमा गायक स्वयम देखिएका छन् । अनिल के मानन्धरको छायाँकनमा शान्तिम कोईरालाले निर्देशन गरेको उक्त गीतको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन गरेका छन् । स्रोत : ओ यस नेपाल

0 comments

Write Down Your Responses