शरीरमा पनि कोठी छ, थाहा पाउनुस् कोठी कहाँ भए के हुन्छ?

तपाईं भाग्यमा विश्वास गर्नुहुन्छ ? यदि त्यसो भए आफ्ना शरीरमा भएका कोठीहरुले तपाईका बारेमा के भन्छन् त भन्ने कुरा थाहा पाउनुस् । त्यसो त कोठीले के नै पो संकेत गर्ला र भन्न सकिन्छ तर ज्योतिषीहरुले भने हामीहरुको शरीरको निश्चित स्थानमा कोठी हुनलाई शुभ या अशुभका रुपमा व्याख्या गरेका छन् । शरीरको कुन भागको कोठीले के कुराको संकेत गर्दछ त ?

शरीरका बिभिन्न भागमा भएका कोठी र तिनीहरुको भाग्यसँग जोडिएको अर्थका बारेमा थाहा पाउनुस् ।

– यदि कसैको निधारमा कोठी छ भने उ बलवान हुन्छ ।

– कसैको चिउडोमा कोठी भएमा उ आफ्नी श्रीमतीसंग खासै प्रेम गर्दैन र आफ्नी श्रीमतीको रेखदेख गर्दैन भन्ने बुझ्न सकिन्छ ।

– यदि कसैको दाहिने आँखामा कोठी हुन्छ भने उ आफ्नी श्रीमतीसंग बहुतै प्रेम गर्छ र आफ्न श्रीमतीको राम्रो ख्याल राख्छ भन्ने बुझाउँछ ।

– देब्रे आँखामा कोठी हुने व्यक्तिको श्रीमतिसंग झगडा भइरहन्छ । दाम्पत्य जीवन एकदमै दुखि रहन्छ ।

– दाहिने गलामा कोठी हुनेहरु धनवान हुन्छन । उनीहरुलाई पैतृक सम्पति पनि मिल्दछ ।

– देब्रे गलामा कोठी हुनेहरु भने बढी खर्चालु हुन्छन ।

– ओठमा कोठी हुने मान्छे बढी उत्तेजक हुन्छन र यिनीहरुको मन् खाली कामवासनासम्बन्धि कुराहरुमा मात्रै अड्कि रहन्छ ।

– कानमा कोठी हुनु भनेको अल्पायुमै मृत्यु हुने अर्थात् कम उमेरमा नै मृत्यु हुने संकेत हो । कानमा कोठी हुने मानिसहरु लामो उमेरका हुदैनन भन्ने मान्यता ज्योतिष शास्त्रको छ ।

– गर्धनमा कोठी हुने मान्छे खुब सौखिन र आरामदायक जीवन जिउन चाहन्छन र यस्ता व्यक्तिहरुलाई त्यस्तै जिन्दगि मिल्छ पनि ।

– दाहिनेपट्टि हातमा कोठी हुने मानिसलाई खुबै मान(प्रतिष्ठा मिल्छ । यस्ता मानिसहरुलाई समाजमा उच्च ओहोदा मिल्छ ।

– देब्रेपट्टिको हातमा कोठी हुने मानिस झगडालु हुन्छन भन्ने संकेत हो ।

– जोसुकैको नाकमा कोठी हुन्छ उनीहरुलाई यात्रा गरिरहने अवसर प्राप्त हुन्छ । कुनै ना कुनै कारणले यिनीहरु यात्रा गरिरहन पाउछन ।

– दाहिने छातीमा कोठी हुनु भनेको स्त्रीप्रति प्रेम हुनुको संकेत हो । जसको दाहिने छातीमा कोठी हुन्छ उनीहरु आफ्नी पत्नीलाई खुबै प्रेम गर्छन् ।

– देब्रे छातीमा कोठी छ भने त्यस्ता मानिसहरुको आफ्नी श्रीमती वा अन्य महिलाहरुसंग कुनै ना कुनै बहानामा झगडा भइ रहन्छ ।

– कमरमा कोठी हुनु भनेको जिन्दगिभरि समस्याहरुसंग लडिरहनु पर्छ भन्ने कुराको संकेत हो ।

– पेटमा कोठी हुने मानिसहरु राम्रो र मिठो मसिनो खानाको भोका हुन्छन ।

– पिठ्युँमा कोठी हुने मानिसहरु आफ्नो जीवनकालमा कयौं यात्रा गर्छन ।

– दाहिने हत्केलामा कोठी हुनु भनेको तपाई बलवान हुनुहुन्छ भन्ने कुराको प्रमाण हो ।

– जसको पनि देब्रे हत्केलामा कोठी हुन्छ त्यो मान्छे अत्यधिक खर्चालुमध्येमा पर्छ ।

– दाहिने खुट्टामा कोठी हुनु भनेको व्यक्ति बुद्धिमान छ भन्ने संकेत हो ।

– कुनै मान्छेको देब्रे खुट्टामा कोठी छ भने पनि यिनीहरुको खर्च अत्यधिक हुन्छ भन्ने बुझ्नुपर्छ ।

स्रोत : ओ यस नेपाल

,

0 comments

Write Down Your Responses