श्रीमान बैदेशिक रोजगारीमा गएपछि ७ बर्षे छोरो छोडेर पर पुरुष अँगालेकी बबिता प्रेमीसँगै झुण्डिएर मरिन
मंगलवार बिहानै घाँस काट्नका लागि हिडेका मनबहादुर थापाले एक जोडी रुखमा झुण्डिएको अवस्थामा मृत देखे। उनी झस्किए अनि हारगुहार गरे। प्रहरीलाई खर भयो। थापाले देखेका ती जोडी आफ्नै गाउँले थिए । आफनै छोरीरबुहारी अनि छोरा नाता पर्ने।
राङभाङ गाविसका २४ वर्षे हिरासिंह थापा र २२ वर्षे बविता थापाले पाखुरीको रुखको एउटै हाँगामा एउटै सल च्यातेर दुईवटा बनाई पासो बनाएर ज्यान फालेको प्रहरीले जनाएको छ। घर नजिककै रहेको पाखो, खोल्सा र एकान्त स्थानमा उनीहरु २÷३ दिन अघि झुण्डिएको अनुमान गरिएको छ। उनीहरुको शव आजमात्र घाँस काट्न जाने ब्यक्तिले देखेको प्रहरी निरीक्षक रनबहादुर चन्दले जानकारी दिए। मृतक दुबैजना राङभाङ गाविसबासी हुन। बबिताको माइत र घर दुबै राङभाङ गाविसमा हो। बबिताका पति रोजगारका लागि कतारमा थिए। करिब ५ महिनाअघि कतार पुगेका उनी पत्नीले आफुसहित ७ वर्षे छोरो छाडेर पराई व्यक्ति अंगालेको थाहा पाएपछि उनी सातादिन अघि मात्र घर फर्किएका हुन्। फागुन ३ गते (१५) दिनअघि घर छाडेर हिँडेका ती जोडी १० दिनपछि हिरा सिंहको घरमा आए। विदेशबाट फर्केका पतीले आफूलाई छाडेर हिँड्ने पत्नीको बास्तविकता बुझ्न छरछिमेकी र आफन्तजनलाई भोलपल्ट घरमा बोलाइ उनीहरुको सल्लाह बमोजिम निणर्य लिने बताएका थिए। तर, सो कुरा पुरा नहुँदै सोही दिनमा दुबैजना सम्पर्क्बिहीन बनेको बताइएको छ। सम्पर्क्बिहीन भएको चौथो दिन बिहान उनीहरु पाखुरीको रुखमा झुण्डिएको अवस्थामा देखिए। त्यसो त, हिरासिंह थापा पनि विवाहित हुन्। उनका पनि घरमै पत्नी र एक छोरी छन् । मृतकबारेमा थप अनुसन्धान सुरु भैसकेको प्रहरीले जनाएको छ। दुवै शव परीक्षणका लागि अहिले जिल्ला अस्पताल स्याङजामा ल्याइएको प्रहरी निरीक्षक रनबहादुर चन्दले बताए ।

0 comments
Write Down Your Responses