परपुरुषसँग होली मनाउँदा श्रीमानले कुटेपछि...हेर्नुहोस :::

बुधबार तराईमा धुमधामका साथ होली मनाइयो । त्यही होली मनाउने क्रममा महोत्तरी जिल्लाबाट भने दुःखद खबर प्राप्त भएको छ । यो खबर हो महोत्तरीको विजलपुरा ९ को । जहाँ परपुरुषसँग होली खेलेको भन्दै कौशिला देवी महतोमाथि श्रीमानले कुटपीट गरेपछि उनले इनारमा हाम फालेकी छन् । श्रीमानको यातना सहन नसकेर होलीकै दिन उनले घर नजिकैको इनारमा हाम फालेकी हुन् । एकाएक इनारमा हाम फालेपछि होली खेलिरहेका स्थानीयले उनलाई १५ मिनेट लामो प्रयासपछि जिवितै उद्दार गरेका थिए । होलीमा रमाइरहेको बेला यस्तो घटना भएपछि त्यो ठाउँ एकएक शान्त भयो । मानिसको मुहारको खुसी एक मिनेटमै हरायो । महोत्तरीको हाथिलेट प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दिपबहादुर बस्नेतले कान्छा भनिने श्रीमान घनश्याम महतोले कौशिला देवीलाई बुधबार अरुसंग रंग खेलेको निहुँमा कुटपीट गरेको र उनको यातना सहन नसकेर कौशिलाले ६० फिट गहिरो इनारमा हाम फालेको बताए । ‘उनलाई घाइते अवस्थामा गाउँलेले जिवितै उद्दार गरेका थिए । हामीले उनलाई उपचार लागि बर्दिबासस्थित शुभ स्वस्ति हस्पिटल पठाएका छौं । प्राप्त रिपोर्ट अनुसार उनकोको शरीरमा गहिरो चोट लागेको छ,’ असई महतोले भने । घटनाका प्रत्यक्षदर्शीका अनुसार आफूसंग पहिलो होली नखेलेर अरुसंग होली खेलेको भन्दै मदिरा सेवन गरेका घनश्यामले श्रीमती कुटेका हुन् । स्थानीय बिजलपुरा ९ का छठु महतो र बिजलपुरा ४ का दिलिप महतोले कौशिलालाई रंग लगाइ दिएका थिए । घटनापछि कौशलादेवीका श्रीमान घनश्यामलाई प्रहरीले नियन्त्रणमा लिएर सामान्य सोधपुछ गरी छाडेको छ । स्रोत : दैनिक नेपाल

,

0 comments

Write Down Your Responses