O.M.G कस्तो अचम्मको ठाउँ जहाँ तलबको सट्टामा महिलासँग जे पनि गर्न पाउने अधिकार.....हेर्नुहोस् :::
सुन्दा पनि अचम्म लाग्छ कि तलबको सट्टामा महिलासँग जे पनि गर्न पाउने अधिकार दिने देश ।
तर, यो यथार्थ हो । गृहयुद्धमा फसेको दक्षिणी सुडानमा अमानवीय हर्कतको यो पराकाष्टको पर्दाफास भएको छ । जहाँ महिलाहरु एकैदिन १० जना भन्दा बढी सैनिक पुरषको यौनसिकार हुने गरेका छन् ।
संयुक्त राष्ट्रसंघले गरेको एक अध्ययनमा दक्षिण सुडानको सेनासँग आवद्ध लडाकुलाई तलब दिनुको सट्टा महिलासँग जे पनि गर्न पाउने अधिकार दिएको पाइएको छ ।
जसमा उनीहरुले महिलाहरुको बलात्कार गर्ने, विरोधमा आउने महिलाका पतिको हत्या गरिदिने र धनमाल पनि लुटेर लग्ने गरेका छन् ।
दक्षिणी सुडानको यूनिटी नामक राज्यमा भइरहेको यो अत्याचार अन्तर्गत गत वर्ष मात्रै १३ सय महिलाको बलात्कार भएको थियो । सेनाले आम मानिसको हत्या र बलात्कार गर्ने गरेको भन्दै राष्ट्रसंघले यो युद्ध अपराधसरह भएको जनाएको छ ।
यता राष्ट्रसंघको आरोप अस्वीकार गर्दै सुडान सरकारले यो विषयमा अनुसन्धान भने भइरहेको जनाएको छ । राष्ट्रपति सल्भा कीरका प्रवक्ता एटेनी वे एटेनीले आफूहरुले नियमानुसार काम गरिरहेको जिकीर गरेका छन् ।
सन् २०१३ मा राष्ट्रपति कीरले उपराष्ट्रपति रीक माशरलाई पदबाट हटाएपछि कीरको सत्ता पल्टाउने प्रयास भएलगत्तै दक्षिणी सुडानमा गृहयुद्ध सुरु भएको थियो र अहिलेपनि जारी छ ।
लडाकूहरुलाई जे सक्छौं गर, जे लैजान्छौं लैजाउ भन्ने आदेश भएकाले उनीहरुले आफ्ना तलबको सट्टामा महिला र बालिकालाई साथै लैजाने र बलात्कार गर्ने गरेको दावीसहितको प्रतिवेदन राष्ट्रसंघले बाहिर ल्याएको हो ।
उनीहरुले आम जनताको निजी सम्पत्ति पनि लुट्ने गरेका छन् । राष्ट्रसंघीय मानवअधिकार आयुक्त जैद राद अल हुसैनले दक्षिणी सुडानमा हुने गरेको यौन हिंसा संसारकै सबैभन्दा ठूलो मानवअधिकार हननमा पर्ने बताएका छन् ।
एक महिलाले आफ्नै आँखा सामुन्ने आफ्ना पतिको हत्या गरिएको र आफ्नी १५ वर्षीया छोरीको १० जना सैनिकले सामूहिक बलात्कार गरेको बताएकी छिन् ।
स्रोत : दैनिक नेपाल

0 comments
Write Down Your Responses