अविनाश बुढाथोकी ‘अनमोलको कांग्रेसलाई खुलापत्र यस्तो लेखेका छन् ..हेर्नुहोस::
रुमा नेपाली कांग्रेसले महाधिवेशनमार्फत् सवल र सक्षम नयाँ नेतृत्व चयन गरी राष्ट्रिय मुद्दामा केन्द्रित होस् भन्ने शुभकामना व्यक्त गर्दछु ।
मुलुकको सबैभन्दा पुरानो र ठूलो राजनीतिक दल नेपाली कांग्रेस भारत मै स्थापित भए पनि नेपाली जनताको मुक्तिका लागि तत्कालीन राणा शासकविरुद्ध क्रान्ति गरेर २००७ सालदेखि जनता माझ छायो । जब सत्तामा पुग्यो तब उसले श्रमजीवी किसान माथि आफ्नो हैकम लादेर राणा शासनपछिको शोषक, सामन्त, जमिनदारमा परिणत भएर पुँजीवादी शक्तिको नेतृत्व अंगाल्न थाल्यो ।
नेपाली कांग्रेसका संस्थापक विश्वेश्वरप्रसाद कोइरालाको तत्कालीन सरकारले किसान मुक्तिका योद्धा भिमदत्त पन्तलाई डडेलधुराको एक बस्तीमा भारतीय प्रहरीको सहयोगमा हत्या गरि किसान जनविद्रोहको माग सम्बोधन ग¥र्यो राणा शासनपछिको नयाँ निरंकुश शैलीमा ….।
भिमदत्त पन्तले नेपाली किसानका लागि गरेको जनविद्रोह होस् वा तत्कालीन भ्रष्ट तथा राष्ट्रघाती सरकारविरुद्धको संघर्ष नै किन नहोस् ती काम आफैंमा महान छन् । नेपाली किसान हुन् या उत्पीडित गरिब जनता र तमाम क्रान्तिकारीले भिमदत्त पन्तलाई युगौंयुगसम्म स्मरण गर्दै क्रान्तिको विकासमा उहाँले पुर्याउनु भएको योगदानको कदर गरिरहने छन् । साथै, क्रान्तिकारी किसान आन्दोलन सफल नहुञ्जेल क्रान्तिको बाँकी अभिभारा पूरा गर्न अन्तिमसम्म अथक रुपमा लडिरहने प्रतिबद्धता जाहेर गरेर पुँजीवादी समाजमा समाजवादी क्रान्तिद्वारा साम्यवादी समाज निर्माण गर्नु हामी कम्युनिस्टबीचको चुनौती र दायित्व अवसरका रूपमा प्राप्त भएको छ ।
नेपालको संविधान निर्माणमा अडिक बने पनि नेपाली कांग्रेसले भद्र सहमतिमा गद्धार गरि भारतकै इसारामा कथित विखण्डनको आन्दोलनमा समर्थन गर्न गएको कुरा नेपाली जनताबीच घाम जत्तिकै छर्लङ् छ । नेपाली कांग्रेस हिजो र आज पनि भारत भक्त भएकै कारण नेपाललाई भारतनिर्भरबाट माथि उठ्न दिइरहेको छैन ।
यहाँ मैले चर्चा गर्न खोजेको विषयतर्फ लाग्न चाहन्छु । नेपाली कांग्रेसको महाधिवेशनमा अतिथिका रूपमा देश तथा विदेशबाट प्रतिनिधिहरु नेपाल आएका छन् । निमन्त्रणा दिने कांग्रेस भए पनि विदेशी पाउना हामी सबै नेपालीका पनि पाहुना हुन् । हामीले पनि अतिथी देवो भवःलाई अनुशरण गरेका छौं तसर्थ हामीले पनि उहाँहरूलाई मान, सम्मान, आदर, सत्कार गर्नैपर्छ र गरेकै छौं ।
तराईका सोझा साझा जनताबीच भ्रम छरी विखण्डनको आन्दोलन चर्काएर भारतमा कसैको खुट्टा ढोग्न जाने कथित मधेसी मोर्चा र नेपाली कांग्रेसको महाधिवेशनमा अतिथिको रूपमा नेपाल आएका भारत बिहारका मुख्यमन्त्री नितिस कुमारलाई सम्मान, सत्कारको नाममा लम्पसार परि खुट्टा ढोगेर स्वागत गर्ने नेपालका ठूलो दलबीच के फरक रह्यो ?
पार्टीको गरिमामाथि आँच आउने कुनै खालका घटनामा सो राजनीतिक दलको संलग्नता छैन भने आफूमाथि लागेको आरोपको खण्डनसहित प्रेस विज्ञप्ति निकालेर आफ्नो संलग्नता नभएको पुष्टि गराउनु जुनसुकै दलको नीतिभित्रै पर्छ । तत्कालीन अवस्थामा नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रधानमन्त्री स्वर्गीय कृष्णप्रसाद भट्टराई भारत भ्रमणमा जाँदा भारतका केही नेताले उहाँको पाउँमा शरणीय ढोगसहित स्वागत गरेका थिए । उहाँको नेपाल आगमनमा पत्रकारले त्यस विषयमा प्रश्न गर्दा उहाँले मुसुक्क हाँसेर भन्नुभएको थियो- ‘जे भयो भारतीय भूमिमै भयो तर नेपालमा भएन ।’
तर नेपाली कांग्रेसको महाधिवेशनका लागि अतिथिका रूपमा नेपाल आएका भारतीय नेता नीतिश कुमारलाई नेपाली भूमी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै लम्पसार परि खुट्टा ढोगियो । जुन कुरा राष्ट्रिय स्वाधीनता , राष्ट्रिय स्वतन्त्रता र राष्ट्रिय एकताको लडाईँ लड्दै आएका स्वाभीमान नेपाली जनताका लागि आफ्नो गरिमा माथि आँच पुर्याउने कुनै हरकत सैह्य हुने कुरै भएन । आफूले बोलाएको पाहुनालाई आफैं अर्थात् आफ्नाले स्वागत गर्ने परम्परा विश्वव्यापी भएकाले उक्त घटनाको नैतिक जिम्मेवारी नेपाली कांग्रेसको हो ।
नेपाली जनतालाई राष्ट्रियता, लोकतन्त्र र समाजवादको हुईम फिँजार राष्ट्रिय स्वामित्वमा रहेका उद्योग, कलकारखाना निजीकरण गरी स्वाहा पार्दै समाजवादी बन्ने नेपाली कांग्रेसको भारत भक्ति र दलाली आखिर कहिलेसम्म ? पाहुनालाई स्वागत गर्न आयोजक नै जान्छ तसर्थ नेपाली कांग्रेसको भारतभक्ति मात्र नभएर भारतका दलालका तलुवा चाट्ने कुत्ता भन्दा पनि तल गिरेर यस्तो हरकत अपनाउँदा स्वाभिमान नेपालीको स्वतन्त्रता र राष्ट्रियतामा आँच आयो कि आएन ? नीतिश कुमारको खुट्टा ढोग्ने व्यक्ति दूतावासका कर्मचारी हुन् भन्ने पनि सुनिएको छ तर दूतावासका कर्मचारी हुन् भनेर कि दूतावासले पुष्टि गर्नुपर्छ नभए त्यो कांग्रेस स्वयम्ले पुष्टि गर्नुपर्छ ।
अर्को कुरा केही समय पहिले प्रधानमन्त्रीले नमस्कार गर्ने क्रममा अलिकति मुन्टो निहुर्याउँदा यहाँ राष्ट्रियता गुमाउनेहरूका लागि आज खुट्टा प्रकरण अर्थात् लम्पसार पर्ने प्रवृत्ति चाहिँ राष्ट्रियता भित्र पर्छ कि पर्दैन ।
स्रोत : दैनिक नेपाल

0 comments
Write Down Your Responses